हरारे, १६ जेठ (रासस÷एएफपी) ः जिम्बाबेमा आउँदो जुलाई ३० तारिखका दिन संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेभएको छ ।
तानाशाही शासक रोबर्ट मुगाबेको बहिरगमनपछि जिम्बाबेमा पहिलो पटक हुन लागेको निर्वाचनको मिति बुधबार घोषणा गरिएको हो ।
मुगाबेपछिका राष्ट्रपति इमर्सन मनाङाग्वाले भन्नुभयो, “३० जुलाईका दिन राष्ट्रिय संसदका सदस्यहरूको चयन र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भएको छ ।”
कुनै समय मुगाबेका दाहिनेहात मानिनु हुने इमर्सन गत नोभेम्बरमा नाटकीय तरिकाले ९४ वर्षीय अत्यन्त प्रभावशाली नेता मुगाबेलाई हटाएर आफू राष्ट्रपति बन्न सफल हुनुभएको हो ।
मुगाबेले झण्डै चार दशक जिम्बाबेको नेतृत्व गर्नुभएको थियो । उहाँलाई सेनाले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो ।
नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि जिम्बाबेको प्याक्ड रंगशालामा आयोजित शपथ ग्रहण समारोहमा शपथ लिँदै मनाङग्वाले मुलुकमा रोजगारी सिर्जना गर्ने र देशको अवस्थामा व्यापक सुधार गर्ने बताउनुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू