काठमाडौँ, १६ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रको संगठन (बिम्स्टेक) का महासचिव सहिदुल इस्लामले आज शिष्टाचार भेट गर्नुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा बिम्स्टेक प्रक्रियालाई प्रभावकारी बनाई सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो ।
उक्त भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू