नयाँ दिल्ली, १५ जेठ (रासस÷सिन्ह्वा) ः भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ ।
यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि सो प्रकोपले सताएको जनाइएको छ ।
पूर्वीभारतीय राज्य बिहार र झारखण्ड तथा उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सो प्रकोपले सताएको हो ।
भारी वर्षाका साथमा भीषणरुपमा चट्याङ परेको बताइएको छ । चट्याङ्बाट बिहारमा १२, छिमेकमा पर्ने राज्य झारखण्डमा १२ र उत्तर प्रदेशमा नौ गरी ३३ व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
माझीलाई यस इलाकाको समुद्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि बताइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू