१८ फागुन २०८१

हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

१५ जेष्ठ २०७५, मंगलवार ११:०४ मा प्रकाशित

हुम्ला, १५ जेठ (रासस) ः सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ ।

विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराउनुभयो ।

उक्त मेलामा सुरक्षा व्यवस्था सोमबारदेखि नै मिलाइएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

हुम्ला जिल्लाका हिन्दूहरुको पनि सो परम्परागत मेला भर्न हजारौँको भीड लागेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter