०३ माघ २०८१

सर्वसाधारण जनता माथी प्रहरी चाैकी भुटाहाका निरिक्षक देवकुमार यादवको दादागिरी

नसीम अन्सारी इनरुवा

१३ जेष्ठ २०७५, आईतवार १८:२१ मा प्रकाशित

कयर कबर १३  जेठ :

सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. १ भुटाहामा रहेको प्रहरी चाैकीका निरिक्षक देवकुमार यादवले सर्वसाधारण जनताहरुलाई दैनिक दादागिरी देखाउदै अाईरहेकाे भुटाहाका जनताहरुले गुनासो गरेको हाे ।

यादवले भुटाहा हुदै घुस्की बजारमा अापनाे पसलकाे लागि स्याउ लादै गरेको अवस्थामा हरिनगर गाउँपालिका वडा नं. ४ घुस्की जाने बाटो हरिनगराबाट अटाे र स्याउ पक्राउ गरि प्रहरी चाैकी भुटाहामा राखेको थियोे ।

काे २ ज २०८४ नम्बर अटाे गाडी र स्याउ नियन्त्रणमा लिएपछि स्याउ धनी घुस्की वडा नं.६ का अनवर अन्सारीले बिल लिएर प्रहरी चाैकी भुटाहा अाएपछि यादवले बिल समेत खाेसेकाे थियो ।

अन्सारीले हरिनगरा उद्योग वार्णिज्य संघका अध्यक्ष अनुरुद प्रसाद गुप्तालाई बाेला पछि उहाँ अाएपछि प्रहरी प्रमुख यादवसंग कुरा गर्दा याे गाडी र स्याउ तपाई कहाँबाट पक्राउ गर्नुभएको हाे ।
यादवले बसन्पुरबाट बताए थियोे ।
गुप्ताले बसन्पुर नेपाल हाे कि भारत हाे भनेपछि यादवले भारत हाे भनेकाे थियो । गुप्ताले तपाईहरुले गाउँपालिकाका सर्वसाधारण जनताहरुलाई विनाकारण दु:ख दिने ज्यादती,धडपकड, गरेको अाराेप समेत लगाउनु भएको थियो ।

अन्सारीले प्रहरीले बिना कारण ज्यादती गरिरहेको आरोप लगाएका छन् ।

घुस्की र भुटाहाका जनताहरुले प्रहरी चाैकी घेराउ गर्दा प्रहरी र जनता बिच केही बेर तनाव हातपात समेत भएको थियो । विवाद उत्पदन हुदाँ जिल्ला प्रहरी कार्यालय इनरुवाबाट थप दुई टाेलि भुटाहा गएको थियोे ।

जिल्ला प्रहरी कार्यालय इनरुवाबाट डिएसपी नारायण प्रसाद चिमडियाले टाेलि विवाद मिलाएर स्याउ प्रहरी चाैकी भुटाहामा राखि अटाे गाडी र मान्छे छाडिएकाे थियो ।

स्याउ सम्बन्धी भाेलि छानबिन गरि छाेडने बताए हाे। छानबिन गरि स्याउ छाडिदिएकाे अन्सारीले बताउनु भयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter