काबुल, १३ जेठ (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।
मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
हस्का मिना जिल्लामा शनिबार भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएका छन्, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन् ।
उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेवा वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।
काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला बेलामा भिडन्त हुनेगरेको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू