०७ माघ २०८१

सडक मापदण्डविपरीत बनाइएका संरचना भत्काउन शुरु

१३ जेष्ठ २०७५, आईतवार १५:३७ मा प्रकाशित

लहान, १३ जेठ (रासस) ः सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ ।

सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो । सार्वजनिक सूचना जारी सडक अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल हटाउन आग्रह गरिए पनि घरधनीले बेवास्ता गरेकाले डोजर लगाएर ती संरचना भत्काउन शुरु गरिएको सिरहा नगरपालिका वडा नं ७ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिनुभयो ।

पहिलो चरणमा हेमनारायण चोकदेखि सारस्वर जाने सडकसम्मका सडकलाई १६ फिट चौडाइ गरी दुवैतर्फ साढे तीन फिटको नाला निर्माण गर्ने योजना रहेको वडाध्यक्ष साहले बताउनुभयो । सडक विस्तार थालनी गरेसँगै मापदण्डविपरीत निर्माण गरिएका संरचना धमाधम भत्काउने क्रम शुरु भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter