गोइयाङ, चीन, ११ जेठ (रासस÷सिन्ह्वा) चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत हुनुहुन्छ ।
गत एक बर्ष भन्दा बढी समयदेखि कार्यरत उहाँको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ ।
सन् २०१७ को जुलाईमा चेङ २३ बर्षको हुनुहुन्थ्यो । मध्य चीनको हुवेइ प्रान्तमा रहेको हौझोङ कृिष विश्वविद्यालयबाट उहाँले त्यतिबेला भर्खर स्नातक गर्नु भएको थियो ।
राष्ट्रिय स्वयमसेवी शिक्षक कार्यक्रम सन् २००३ देखि लागु भएको हो । जसले विद्यार्थीहरूलाई स्वयमसेवी शिक्षकको रूपमा गरिब, आदिवासी र अल्पसंख्यक समुदाय रहेको क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको छ ।
उहाँले सन् २०१६ मा हुवेईको प्राथमिक विद्यालय भ्रमण गरेपछि स्वयमसेवी शिक्षक बन्ने निर्णय गरेको बताउनुभयो ।
“म चकित र दुःखी भएँ की म गएका ठाँउका गरिब बालबालिकाहरूले पाएको दुःख र उनीहरूको अवस्था देखेर । बालबालिकाहरू विद्यालयदेखि घरसम्म आउन जानका लागि दैनिक घण्टौं हिड्ने गरेको पाएँ,” चेङले भन्नुभयो ।
उहाँले थप्नुभयो, “त्यही बेला देखि मैले स्वयमसेवी शिक्षकको रुपमा काम गर्ने र उनीहरूलाई सघाउने अठोट गरेको हुँ ।”
त्यतिबेलाको जुलाईमा केही दिनको तयारी पछि चेङ सहित उहाँका चार जना सहपाठीहरूले आफ्नो सहर छाडेर त्यो दुर्गम गाँउतर्फ लागेका थिए । उनीहरू गुइझाओकोे प्राथमिक विद्यालयमा गएका थिए ।
सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साघुरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ ।
गाँउको सो प्राथमिक विद्यालयमा रहेका ७० जना विद्यार्थीलाई पढाउन तीन जना मात्रै शिक्षक थिए । तीनै विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्न चेङ आउनु भएको हो ।
“हामीले हरेक हप्ता कडा मेहनेतका साथ पठाउने गरेका थियौं, मैले तीन कक्षाका विद्यार्थीलाई चिनियाँ भाषा र गणित पढाउने गरेको थिएँ, चार कक्षाका विद्यार्थीलाई अङ्ग्रेजी र एक कक्षालाई खेलकुद पढाउने गरेको थिए,” चेङले भन्नुभयो ।
पहिला पहिला खासै पढ्न र नियमित विद्यालय आउन जाँगर नगर्ने, बीचैमा पढाई छाड्ने विद्यार्थीहरूले पनि अहिले भने खुशी भएर पढ्ने र भविश्यप्रति आशावादी हुने गरेको उहाँको भनाई छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू