वासिङटन, संयुक्त राज्य अमेरिका, ११ जेठ (रासस÷एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले किमसँग सिङ्गापुरमा गर्ने भनेको शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णयसहितको पत्रबारे शुक्रबार उत्तर कोरियाद्वारा दिएको प्रतिक्रिया ‘सकारात्मक’ रहेको भन्दै यसको स्वागत गर्नुभएको छ ।
किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।
उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गर्नुभएको बताइएको थियो ।
उत्तर कोरियाली प्रशासन अझै पनि कुनै समयमा सम्वाद गर्न तयार रहेको जवाफ दिएको ट्रम्पले ट्वीटर सन्देशमा बताउनुभएको छ ।
उत्तर कोरियाबाट न्यानो तथा सकारात्मक जवाफ आउनु धेरै राम्रो समाचार हो, ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ ।
ट्रम्पले भन्नुभएको छ, “हामीले छिट्टै लामो समयदेखि पर्खिराखेको शान्ति र सम्वृद्धिका लागि सम्वादको दिनलाई स्वागत गर्न पाऔँ । तर यसको समय र कौशलताले बताउने छ ।”
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू