०६ माघ २०८१

त्रिशूलीमा जलयात्रा उत्सव हुने

१० जेष्ठ २०७५, बिहीबार १५:५६ मा प्रकाशित

काठमाडौँ, १० जेठ (रासस) ः ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा ¥याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नाराका महासचिव शिव अधिकारीले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नका लागि उत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

“नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

पर्यटन पुर्नउत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रामा आकर्षण गराई रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी साना ठूला नदीनालालाई पर्यटन र वातावरणका लागि संरक्षित गराउन, पर्यटन विकास, जलयात्रा र वातावरण संरक्षणका लागि खोलानाला जोगाउनुपर्छ भन्ने सन्देश दिनु, नाराका सदस्यलाई व्यवस्थित, मर्यादित र थप परिस्कृत गराउनु उत्सवको मूल उद्देश्य रहेको नाराले जनाएको छ ।

नेपालमा रहेका करीब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।

नाराका कोषाध्यक्ष शिशिर खनालले उत्सवमा ४०० जना नेपाली जलयात्रीले भाग लिने जानकारी दिनुभयो । पन्ध्र वर्षदेखि ६० वर्षसम्मका जलयात्रीले भाग लिन पाउने उत्सवको खर्च रु १८ लाख लाग्ने उहाँले बताउनुभयो ।

नाराका निवर्तमान अध्यक्ष चन्द्रबहादुर दाहाल, पूर्व अध्यक्ष सूर्यप्रसाद जोशीले नेपालमा ¥याफ्टिङ गर्ने उत्कृष्ट नदीहरु भए पनि सरकारले यसलाई बेवास्ता गरेको भन्दै नदी नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उत्सवमा भाग लिने स्वदेशी तथा विदेशी जलयात्रीका लागि प्रतिव्यक्ति रु दुई हजार शुल्क लाग्ने नाराले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter