सुरुङ्गा, झापा, ७ जेठ (रासस) बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।
कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो ।
बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।
हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा दुई लाख २५ हजार र मकै छोडाउने मेशिन रु १८ देखि २६ हजारसम्म लागतको रहेको छ ।
बिर्तामोड नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीको भनाइ छ ।
उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५६ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू