केयर खबर,जेष्ठ ६
नेपाली राजनीतिमा एकपटक फेरि पटाक्षेप भएको छ । त्यसैले आज आफ्नै जीवनको अनुभव, अभ्यास र अनुभूतिबाट यो प्रसङ्गलाई प्रारम्भ गर्न चाहन्छु । किनकी अनुभव र अभ्यासले व्यवहारवादी बनाउछ र व्यवहार सिद्धान्तभन्दा 50 गुणा ठूलो हुन्छ । वि.स. 2048 सालमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) को गठन हुँदा मैले एउटा समाचार लेखेको थिए – नेकपा(मार्क्सवादी) र नकपा(माले) बीच पार्टी एकता वा एकीकरण भनेर । तर पत्रिका प्रकाशन पश्चात् त्यसको शीर्षक (हेडलाईन) हेरेर म अचम्भित भए । सम्पादक जनार्दन आचार्यले “माले मार्क्सवादीमा विलिन” भनेर सम्पादन गर्नु भएको रहेछ । मेचीदेखि महाकालीसम्म सङठन भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी माले र दुइ चार जिल्लामा सिमित एउटा सानो संगठन भएको मार्क्सबादीमा कसरी मालेजस्तो ठूलो पार्टी विलिन भएको होला भन्ने जिज्ञासु तथा राजनीतिक रूपमा सिकारु मनले सताईरह्यो । पछि पो थाहा पाइयो कि मालेले आफ्नो क्रान्तिकारी सिद्धान्त र विचार छोडेर सन्सोधनवादी धारको नेतृत्व गर्ने मनमोहन अधिकारीको मार्क्सवादी लाइनलाई आत्मसात गरेकोले विशाल पार्टी फुच्चे मार्क्सबादीमा विलिन हुन पुगेका छन ।
यो सन्दर्भ यहाँ यसकारण कोट्याउनु परेको छ कि अहिले नेकपा(एमाले) र नेकपा(माके)को एकता भएको कुरा चारैतर्फ छ्यापछ्याप्ती पाइन्छ । एमाले विशाल पार्टी भएपनि उसलाई कम्युनिष्ट पार्टीको रूपमा माओबादीको दस्ताबेजमा स्वीकार गरेको भेटिन्न । उ सन्सोधन्वादी, दलाल पूजिपतिहरूको सन्सदीय पद्धतिलाई स्वीकार गरिसकेको पार्टी हो भनेर गाली गरिएको छ । हो, वामपन्थीसम्म भनेको छ । तर मायोबादी क्रान्तिकारी कम्युनिष्ट पार्टी हो जो धेरै अर्थमा एमालेभन्दा भिन्न छ भन्ने लेखिएको छ । विगतमा माओवादीले त्यो अभिभारालाई साबित गरेर देखाएका पनि छन ।
046 सालको एतिहासिक जनआन्दोलन पश्चात् सत्तामा पुगेका तत्कालीन माले एमाले हुँदै विगत तीस वर्षदेखि सिंहदरबारमा कुनै न कुनै रूपमा सत्ताको मह चाटिरहेका छन तर परिवर्तनको नाममा उसले सिन्कोसम्म भाच्न सकेका छैनन। बरू प्रतिगमनलाई साथ दिएको कालो ईतिहास बोकेको छ । तर फुच्चे पार्टीबाट जनयुद्ध लडेका माओवादीले नेपाली राजनीतिको कयापलट नै गर्यो । सामन्तवादको नायक राजा, जसलाई एमालेले दाम चढाए, त्यसलाई ढाल्न प्रमुख भूमिका नै खेले । तर एमालेले विगत 30 वर्षदेखि परिवर्तनकारी कुनैपनि आन्दोलनलाई नेतृत्व गरेको रेकर्ड छैन । पछि पर्ने डरले सहायकमात्र भएका छन ।
अर्कोतर्फ मेरो जीवनको एउटा जिबीत अनुभूति के रहेको छ भने जतिबेला मायोवादीहरू एउटै पोशाक लगाएर सन्सद भवनमा प्रवेश गरिरहेका थिए त्यतिवेला सन्सद भवन बाहिर लाइभ टेलिभिजनमा तत्कालीन प्र.म.गिरिजा कोइरालाले मायोवादी संसदीय परम्परालाई स्वीकार गरिसकेको प्रतिक्रिया दिइरहदा कम्युनिष्टहरूलाई नमिठो लागेको थियो । मलाई स्वयं पनि झर्को लागेको थियो । आज बुजुर्ग कोइरालाको अनुभव चरितार्थ साबित भएको छ। यस अर्थमा माओबादीले एमालेको जवज कार्यक्रमलाई स्वीकार गरेको देखिन्छ, जसभित्र मधेशी, थारू, आदिवासीजनजाती, स्वायतता, स्वशासन अटाएका छैनन् । मधेश भन्न वितिकै एमालेलाई झर्को लाग्छ । कसो मातृकाजी ! पार्टी स्थायी कमिटी बनाउदा यो कुरा प्रष्ट रूपमा दृष्टिगोचर भएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू