१० माघ २०८१

विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

५ जेष्ठ २०७५, शनिबार १८:२६ मा प्रकाशित

हाउसटन, संयुक्त राज्य अमेरिका, ५ जेठ (रासस÷सिन्ह्वा)  अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ ।

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ ।

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका कारण अत्यन्त मर्माहित भएको बताउनुभयो ।

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter