०५ माघ २०८१

आर्थिक पत्रकारलाई तालिम

५ जेष्ठ २०७५, शनिबार १८:१६ मा प्रकाशित

काठमाडौँ, ५ जेठ (रासस)  विभिन्न सञ्चार माध्यमममा कार्यरत ४० जना आर्थिक पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम प्रदान गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा ‘वित्तीय संघीयता’सम्बन्धी तालिम उपलब्ध गराइएको हो ।

तालिममा सामान्य प्रशासन सचिव दिनेश थपलियाले तहगत संरचनाको समन्वय गर्दै संघीयतालाई आर्थिक रुपमा सवल बनाउने विषयमा जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले संघीयताले आमूल परिवर्तन चाहेको भन्दै त्यसलाई कार्यान्वयनका लागि सबै क्षेत्रको समन्वय र सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, केवलप्रसाद भण्डारी, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, शिव गाउँले, पूर्व सचिवहरु सोमबहादुर थापा, कृष्ण ज्ञवालीलगायतले प्रशिक्षण दिनुभएको थियो ।

तालिमप्राप्त पत्रकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्रोत व्यक्तिका रुपमा स्थानीय तथा प्रदेश तहमा प्रशिक्षणका लागि पठाउने जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter