चीन÷युगाण्डा, ४ जेठ (रासस÷सिन्ह्वा) अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् ।
चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
सो बर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ ।
त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् ।
धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक बर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू