१० माघ २०८१

मलेसियाका प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको नामावली राजा समक्ष पेश

४ जेष्ठ २०७५, शुक्रबार २१:०१ मा प्रकाशित

क्वालालम्पुर, ४ जेठ (रासस÷सिन्ह्वा)  मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो मन्त्रीपरिषद्का थप सदस्यहरूको नामावली राजा समक्ष पेश गर्नु भएको छ ।
राष्ट्रप्रमुख समेत रहनुभएका राजा मोहमद पाचौं समक्ष प्रधानमन्त्री मोहमदले शुक्रबार नामावली पेश गर्नु भएको अधिकारीहरूले बताएका छन् ।
मन्त्रीहरूलाई आउदो सोमबार गोपनीयताको सपथ ग्रहण गराउनुका साथै पद बहाली समेत गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजालाई बुझाइएको १४ सदस्यीय मन्त्रीपरिषद्को नामावलीमा उपप्रधानमन्त्रीको रूपमा वान अजिजा वान स्माइलको नाम उल्लेख छ ।
मन्त्रीहरूको सूचीमा सत्तारुढ गठबन्धन पाकातान हारापानमा रहेका चार दलको तर्फबाट बराबर सहभागिता रहेको छ ।
महाथिरले पुर्वयोजना अनुसार नै शिक्षा मन्त्री आफ्नो पार्टी मलेसियान युनाइटेड इन्डिजेनियस पार्टीका मस्ली मालिकलाई बनाउनुभएको छ ।
पिपुल्स जस्टीस पार्टीबाट आर्थिक मामिला मन्त्री बन्नु भएका मोहमद अज्मीन बिन अली सेलाङगोर राज्यका मुख्यमन्त्री समेत हुनुहुन्छ ।
कुनै राज्यको मुख्यमन्त्री केन्द्रीय मन्त्री बन्नु दुर्लभ भएको बताइएको छ । उहाँले केन्द्रीय मन्त्री बनिसकेपछि मुख्य मन्त्री पद छाड्ने कि नछाड्ने भन्ने बारेमा अझै सम्म स्पष्ट भइसकेको छैन ।
प्रधानमन्त्री महाथिरले आफ्नो मन्त्रीपरिषद् सानोे हुने र बढीमा २५ सदस्यीय मात्रै हुने बताउदै आउनुभएको छ ।
महाथिर नेतृत्वको गठबन्धनले केही दिन अगाडी सम्पन्न आमनिर्वाचनमा जीत हाँसिल गरेर नयाँ सरकार बनाएको हो ।
बयानब्बे वर्षीय प्रधानमन्त्री महाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताउनुभएको छ ।
यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका महाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै पुनः राजनीतिमा फर्किनु भएको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter