१० माघ २०८१

प्यालेष्टिनी नागरिकको रक्षाका लागि सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव

४ जेष्ठ २०७५, शुक्रबार २१:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ जेठ (रासस÷एएफपी)  प्यालेष्टिनी नागरिकको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ स्वरूप कुवेतले संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रलाई एक सङ्कल्प प्रस्ताव पठाएको एएफपीलाई शुक्रबार प्राप्त भएको पत्रमा भनिएको छ ।

प्रस्तावमा भनिएको छ, “प्यालेष्टिनी नागरिकको ज्यानमाथिको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ अन्तर्गत पत्राचार गरिएको छ ।”

प्यालेष्टिनीले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्दै इजरायलका लागि अमेरिकी राजदूतावासलाई तेल अभिभबाट सार्ने निर्णयको विरोधमा गाजा क्षेत्रमा भएका प्रदर्शनमा गत सोमबार ६० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्ति घाइते भएको घटनापछि कुवेतले उक्त प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषद्का अन्य सदस्य राष्ट्रलाई पठाएको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter