१० माघ २०८१

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम

३ जेष्ठ २०७५, बिहीबार ००:०६ मा प्रकाशित

नयाँदिल्ली, २ जेठ (रासस÷सिन्ह्वा) ः भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ ।

“केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेख्नुभएको छ ।

उहाँले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताउनुभएको छ ।

सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गर्नुभएको छ ।

भारत नियन्त्रित काश्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।

यस्ता निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

काश्मिरमा गत सन् १९८९ देखि दुई देशका बीच लडाई भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter