काठमाडौँ, २ जेठ (रासस)ः राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिल नेपालको कार्यालयको अवलोकन भ्र्रमण ग¥यो ।
भ्रमणका अवसरमा काउन्सिलद्वारा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले आपसी सहकार्यबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो ।
संघका महासचिव ईशुमधु तलबारले दुई देशका लेखक, पत्रकारबीचको सम्बन्धलाई बलियो बनाउँदै यस क्षेत्रलाई अरु ऊर्जाशील बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्य सुदर्शन आचार्य, गोविन्दप्रसाद चौलागाईं, चेतनाथ धमला, मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाललगायतको सहभागिता रहेको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू