ब्रसेल्स, बेल्जियम, ३१ वैशाख (रासस÷सिन्ह्वा) ःसोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी कम्तीमा ४१ प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गर्नुभएको छ ।
इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने सिद्धान्तको सम्मान गर्नुपर्छ । त्यसैगरी हमास र गाजा क्षेत्रमा प्रदर्शनमा सरीक अन्य प्यालेष्टिनी पक्षले पनि आफू गैर हिसात्मक बन्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु आवश्यक भएको इयूका उच्च कूटनीतिज्ञले सोमबार एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।
इजरायल र प्यालेष्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरूसेलममा सम्बन्धित पक्षले संयम नअपनाउने हो भने यसबाट बर्णन गर्न नसकिने प्रकारको थप पीडा भोग्न बाध्य हुने र यसले शान्ति र सुरक्षाको स्थिति थप जटील मोडमा जाने वब्तव्यमा मोघेरिनीले बताउनुभएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार सोमबार भएको प्रदर्शनमा ४१ जना प्यालेष्टिनीले गाजा र इजरायलकोे सीमा क्षेत्रमा ज्यान गुमाएका छन् भने झण्डै एक हजार ७०० जना घाइते बनेका छन् ।
सोमबार अमेरिकाले जेरूसेलमलाई मान्यता दिँदै आफ्नो राजदूताबासलाई जेरूसेलममा स्थापना गर्ने तयारी भइरहँदा अमेरिकासमेतको विरोधमा भएको प्रदर्शनमा दर्जनौँ प्यालेष्टिनीको ज्यान गुमेको हो ।
यसैबीच अमेरिकाले प्यालेष्टिनीको ब्यापक विरोधका बाबजुद पनि आफ्नो राजदूताबासलाई तेल अभिभबाट जेरूसेलममा स्थापना गर्ने योजना मुताविक नै राजदूतावासलाई सारेको घोषणा गरेको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू