केयर खबर,काठमांडौ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा मुस्ताङ भ्रमण तथा मुक्तिनाथको दर्शनका क्रममा र काठमाडौं महानगरपालिकाद्वारा गरिएको
अभिनन्दन समारोहमा सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाइएकोघटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी आज विहान पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण एवं मुक्तिनाथको दर्शनका क्रममा र आजै
दिउँसो काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रियसभा गृहमा गरिएको अभिनन्दन
समारोहको समाचार संकलनका क्रममा सञ्चारमाध्यमलाई रोक लगाइएको थियो ।
मोदी भ्रमणको समाचार संकलनका लागि पर्यटन मन्त्रालयले सञ्चारमाध्यमलाई
विशेष पासको व्यवस्था गरेको भए पनि ती पास लिएका सञ्चामाध्यमलाई पनि
समाचार संकलन रोक लगाइएको थियो । यो घटनाले सरकार प्रेसमाथि कति उदार छ
भन्ने थप प्रष्ट्याएको भन्दै नेपाल पत्रकार महासंघको सचिव रमेश बिष्ठले बिरोध गर्दै बिज्ञप्ति जारी गरेका हुन ।
बिज्ञप्ति मा लेखिएको छ“
नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी वहन गर्न खटिएका
सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउनु र अवरोध सृजना गरिनु प्रेस तथा
अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यो घटनाले प्रेस र
नागरिकको सुसूचित हुने कानुनी तथा संविधानप्रदत्त अधिकारमाथि आघात पुगेको
महासंघ ठहर छ । महासंघ यो घटनाको कडा भत्र्सना गर्दछ र प्रेसलाई
निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन
सम्बन्धित निकायसँग माग गर्दछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू