१० माघ २०८१

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

२८ बैशाख २०७५, शुक्रबार २३:३३ मा प्रकाशित

सिंगापुर, २८ वैशाख (रासस÷सिन्ह्वा) सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिनुभएको छ ।
ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन – अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गर्नु भएको हो ।
दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
विज्ञप्तिका अनुसार प्रधानमन्त्री लिले यही जुन १२ तारिखका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको पनि बताउनु भएको थियो ।
लिले दुई नेताको शिखर सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुने विश्वास समेत ट्रम्पसँगको टेलिफोन कुराकानीमा व्यक्त गर्नुभएको थियो ।
सिंगापुरले सो शिखर सम्मेलन आफ्नो देशमा आयोजना गर्नका लागि आग्रह गर्नुुका साथै पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता पहिले देखि नै जनाउँदै आएको थियो ।
कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सिंगापुरमा हुने शिखर सम्मेलन एउटा महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ ।
ट्रम्पले भने सम्मेलनको आयोजना गर्न लागेकोमा सिंगापुरका प्रधानमन्त्री लिलाई धन्यवाद दिनु भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter