सोल, २४ वैशाख (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेर भइरहेका कामकारबाहीहरु सकारात्मक संकेत हुन भनेको छ ।
यसअघि पनि दक्षिण कोरियाले उक्त घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको अर्थपूर्ण र प्रगतिको बाटो भएको जनाएको थियो ।
राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको छ र यसले आगामी दिनमा हुने थप वार्ताका लागि सकारात्मक वातावरण बनाएको पनि छ ।
उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो भन्दै यो सम्पूर्ण विश्व समुदायको चाहाना रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिने अपेक्षा पनि सर्वत्र गरिएको छ ।
दक्षिण कोरियाले अन्तर कोरियाली शिखर सम्मेलनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण र स्थायी शान्ति स्थापना गराउनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
यही अप्रिल २७ मा भएको दुई कोरियाली नेताहरुको महत्वपूर्ण बैठक र सम्झौताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
तपाईंको प्रतिकृयाहरू