पोखरा, २४ वैशाख : नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताउनुभयो ।
नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत युसुफले नेपालको विकासमा कतार सधैँ तयार रहेको बताउनुभयो ।
कतारमा रोजगारीमा रहेका पाँच लाख नेपाली नागरिकबाट वार्षिक दुई खर्ब डलर विप्रेषण नेपाल भित्रिने गरेको बताउँदै उहाँले नेपालसँग सहमति भएअनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताउनुभयो ।
अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै उहाँले कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, अकबल अहमद शाह, अलि मिहान द्रादी, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
विसं २०२४मा स्थापित बराह माविमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षातर्फ भेटेनरी र कृषि विषयको अध्यापन हुँदै आएको छ ।
विद्यालयमा हाल ३७० जना विद्यार्थी अध्ययन गर्दै आएको र यो वर्ष विद्यालयले स्वर्ण महोत्सव वर्षका रुपमा मनाएको विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले जानकारी दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू