मलेखु, धादिङ, २२ वैशाख (रासस) ः विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आज धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।
नेकपाले गरेको नेपाल बन्दका क्रममा जिल्लाको गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, धुनीबेँसी नगरपालिका क्षेत्रको सडकमा सकेट बम राखेको र सेनाले निष्क्रिय पारेपछि बम राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा पक्राउ गरेको हो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू