०९ माघ २०८१

सिरियामा चारजना टर्किस् सैनिक मारिए

१७ बैशाख २०७५, सोमबार १७:०० मा प्रकाशित

अङ्कारा, १७ वैशाख (रासस÷सिन्ह्वा) ः उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा चार जना टर्किस् सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।

उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी चारजना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्किस् सैनिकबीच भिडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा शुरु गरेको कारवाहीका क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारवाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियामा केही दिनअघि मात्र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।

तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter