काठमांडू (केअर खबर)
सरकारले राजपत्रमा सार्वजनिक बिदा हरुको घोषणा गर्दै राष्ट्रीय बिदाको रुपमा स्थापित रहेको ईदुल फित्र र् ईदुल अजहा सम्बन्धित समुदायिक सार्वजनिक बिदाको रुपमा सूचीकृत गर्नाले मुस्लिम समुदाय आक्रोशित हुदै आएको छ ।
रौतहट जिल्ला बाट बिजयी भएका कांग्रेसी सांसद तथा पूर्व मंत्री आफताब आलमले आफू निरन्तर सरकारले लिएको निर्णय सच्याउनु पर्ने मांग गर्दै आएको जनाएका छन । उनले घोर भर्त्सना गर्नुको साथै छिटो भन्दा छिटो निर्णय फिर्ता लिने दबाव सृजना गरी रहेको आज केयर खबर संग कुराकानी गर्ने क्रममा बताएका हुन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू