मंगलबारे, इलाम २८ चैत ः चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् ।
खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् ।
चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ आएको उनीहरुले बताएका छन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीको सहयोग आवश्यक हुने चिया उद्योगी सुजन नेपालले बताउनुभयो ।
आलै सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा व्यवसायी किसानको आयोजनामा जिल्लामा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ । सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा भएको सो महोत्सवमा आठ देशका १७ जनाले भाग लिएका चिया उद्योगी प्रभाकर प्रधानले बताउनुभयो ।
––– (रासस)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू