०९ माघ २०८१

लुम्बिनिमा वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट

२६ चैत्र २०७४, सोमबार १०:१७ मा प्रकाशित

लुम्बिनी, २६ चैत (रासस) ः चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ ।

लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् । झरीका कारणले गलेर इँट्टा नष्ट हुँदा अहिले रु १० करोडभन्दा बढीको व्यवसायीले नोक्सानी बेहोरेका इँट्टा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । अहिलेको झरीले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँट्टा गलेर नोक्सान भएको लुम्बिनी इँट्टा व्यवसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताउनुभयो ।
रुपन्देहीमा उत्पादन हुने इँट्टा रुपन्देहीका अलावा पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका स्थानमा पुग्ने गरेको छ । मंसिरदेखि वैशाखसम्म इँट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टाको अभाव हुन नदिन आफूहरु लागिपरेको संघका सचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter