०२ माघ २०८१

न्यायपालिका स्वाधीन हुने अभ्यासमा कमी

शमशाद आदिल, काठमांडौ

२५ चैत्र २०७४, आईतवार १०:१७ मा प्रकाशित

‘न्यायपालिका माथिको हस्तक्षेप’ बिषयक माथि अन्तरकिर्या कार्यक्रममा न्यायपालिका पूर्णरूपमा स्वाधीन र स्वतन्त्र हुन नसकने अधिवक्ता बिकास ठाकुरले आफ्नो बिचार राखे ।

ऐस-टूगेदर वी क्यान द्वारा आयोजित अन्तरकिर्या कार्यक्रममा अधिबक्ता बिकास ठाकुरले नेपालमा विध्दमान न्यायपालीकाको सदस्य नियुक्ति प्रकिया मार्फ़त असल र ईमानदार बयक्ति हरुको छनोट हुन कठिन भएको कुरा बताए ।

पार्टीगत , बयक्तिगत सम्बन्धको सहारा लिएर नियुक्त हुने सदस्यहरुले न्यायालय लाई कहिल्ये पनि पूर्ण स्वतंत्र स्वाधीन र् आत्मनिर्भर बनाउन नसक्ने बताए ।

साथै ठाकुरले अधिबक्ता बारे समाजमा फैलाईएको गलत धारणाले पनि जनताहरु लाई भ्रमित पारेको कुरा उल्लेख गर्दै हामीले सोचे अनुसार आमूल परिवर्तन सम्भव छैन ।

अन्तरकिर्या कै क्रममा अधिबक्ता रोशन झाले न्यायालय माथि अनुमानको भरमा मान्छे हरू नकारात्मक विचार बनाएका छन ।

“न्यायपालिकाबाट स्वतन्त्र रुपमा गर्ने निर्णयनै स्वतन्त्रता हो” भन्दै झाले नेपालमा विभिन्न कालखण्डमा नेताहरु बाट नै न्यायालयको खिल्ली उडाएको स्मरण गराए ।

उनले नेपाली न्यायिक परिवेशमा बयक्ति र स्वार्थ हावी हुदै गएकोले फैसला हुनु भन्दा पहिला नै मुद्दा बारे आँकलन हुने कुराले न्यायालय माथि प्रश्न उठाएको स्वाभाविक रहेको बताए ।

आयोजक समितिका अध्यक्ष गोबिन्द साह, सचिव सन्तोष यादव, उपाध्यक्ष हिना परवीन ,चूड़ामणि यादव, पूर्व अध्यक्ष बिकास ठाकुर, माजिद परवेज़, शीरीज श्रेस्ठ ले टिप्पणी गरेका कार्यक्रममा विभिन्न क्षेत्रमा अध्ययनरत बिदद्यार्थीहरुको सहभागिता थिए ।।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter