०२ माघ २०८१

असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने : गभर्नर डा. नेपाल

१७ चैत्र २०७४, शनिबार २२:१३ मा प्रकाशित

 

बेँसीशहर, लमजुङ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहुँच पुग्ने बताउनुभएको छ ।

शनिबार लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको उद्घाटन गर्दै उहाँले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरु लागिपरेको बताउनुभयो । “असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भन्नुभयो, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैंकबाटै हुन्छ ।”

विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्र बैंकले लिएको उहाँको भनाइ थियो ।

सिभिल बैंकले ५९ औँ शाखाका रुपमा बँेसीशहरमा शाखा विस्तार गरेको हो । योसँगै सिभिल बैंकले लमजुङमा पाँच शाखा विस्तार गरिसकेको छ । नेपालभर बैंकको कुल ५९ शाखा रहेको जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter