जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ ।
सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएकोबारे प्रदेशसभा सचिवालयलाई आज जानकारी गराइएको बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू