काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् ।
गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार एमालेका दुई र माओवादीका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै माओवादीबाट मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने मातृका यादवले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा सपथ लिएका छन् ।
थपिएका चारैजना नयाँ मन्त्रीहरूले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।
यसअघि एमालेका लालबाबु पण्डितले जनसंख्या तथा वाताबरण मन्त्री र थममाया थापाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू