नेपालगन्ज, १४ फागुन। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले अार्इतबार नेपालगंजमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपालले भने,” संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन। ”
पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अहिले पनि सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भन्ने कुरामा जाेड दिए ।
एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने बताए ।
(रासस)
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू